गए रातिदेखि सुरु भएको इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा युनाइटेडले फुलह्यमलाई १–० ले पराजित गरेको हो ।
युनाइटेडको जितमा यो सिजन मात्रै क्लबमा आएका नदरल्याण्डका युवा स्टाइकर जोशुआ जिर्कजीले निर्णायक गोल गरे । दोस्रो हाफमा बैकल्पीक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले टोलिको लागि निर्णायक गोल गरेका हुन् ।
बराबरी तर्फ उन्नुख भइरहेको खेलमा ८७ औँ मिनेटमा उनले गोल गर्दै टोलिलाई पहिलो खेलमा नै महत्वपूर्ण तीन अक दिलाएका हुनु । योसँगै २० पटकको च्याम्पियन युनाइटेडले नयाँ सिजनमा सुखद सुरुवात गर्न सफल भएको छ ।