इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदै, युनाइटेड र फुलह्याम भिड्दै

इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ । रातिबाट सुरु हुने लिगको पहिलो खेलमा प्रिमियर लिगको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडले फुलह्यामको सामना गर्दैछ । २० पटकको च्याम्पियन युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

गत सिजन आठौं स्थानमा रहँदै लिग सक्काएको युनाइटेड सुखद नतिजासहित सिजन सुरुआत गर्ने योजनामा छ । १३औं स्थानमा रहँदै लिग अन्त्य गरेको पाहुना टोली फुलह्याम भने युनाइटेडलाई निराश बनाउँदै पहिलो खेलबाटै तीन अंक जोड्ने दाउमा रहने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार