सोलुखुम्बु बाढी : गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भोलि बिहानबाट उद्धारमा जुट्ने

सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले थामे गाउँलाई बिरुप बनाएका भन्दै शनिबार बिहानै जनप्रतिनिधि र कर्मचारी जुट्ने भएका छन् । गाउँपालिकाले शुक्रबार एक विज्ञप्ति निकाल्दै शनिबार बिहानै देखि उद्धार र राहतका लागि जुट्ने बताएको हो ।

‘थामे बस्तीमा शुक्रबार दिउँसो १ ः २५ बजेको समयमा आएको लेदो सहितको बाढीले सो क्षेत्रमा पुर्याएको क्षतिबाट सिँगो गाउँपालिका स्तब्ध भएको छ’, विज्ञप्तिमा भनिएको छ । उक्त बस्तीमा अचानक आएको बाढीबाट हाल सम्म १ विद्यालय, १ होस्टेल, १ क्लिनिक, ५ वटा होटलर ७ वटा घर सहित १४ वटा भवनहरु पुर्ण रुपमा बगाएको छ भने अन्य घरमा समेत बाढी क्षेति पुर्याएको छ ।

यस बाढीको वहाव क्षेत्रका अन्य भौतिक संरचनाहरुमा समेत व्यापक क्षति पुगेको छ । यस विपदको समयमा उद्धार कार्यमा जुट्ने सुरक्षाकर्मी लगायत सबैमा गाउँपालिकाले आभार प्रकट गरेको छ । खराब मौसमका कारण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी यथा समयमा पुग्न नसकेको भन्दै दुःख व्यक्त गरेको छ । थप उद्धार, राहत था पुनः स्थापनका लागि संघिय सरकार, प्रदेश सरकार एवंम गैर सरकारी संघ संस्थाबाट थप सहयोग र सहकार्यको समेत गाउँपालिकाले अपेक्षा लिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार