सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।
टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसेपछि टोलि भोलि मात्रै त्यस तर्फ जाने भएको हो ।