काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् ।