काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले विशेष सभारणसभा बोलाएको छ । हस्पिटलले आईपीओ निष्कासनको प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि चैत २३ गते विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।