काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । त्रिविका कानुन सल्लाहकार, निर्देशिका र आचारसंहिता अनुसार यस्तो निर्णय भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।