



तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो ।
केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए । उनले भने, ‘हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।’
उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । ‘साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्यांकमा जम्मा गरेर छोड्ने गरिएको छ’, सहायक प्रबन्धक हुसेनले भने ।
मस्र्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।
समाचार
इंग्लिस प्रिमियर लिग : नटिङ्घम फरेस्टको जीत, सिटीको बराबरी
‘शेर्पाहरुको इतिहास र संस्कृति’ पुस्तक सार्वजनिक
मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल
गाजा दहमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु फलाए चौधरीले
तिलगंगाले सहुलियत मूल्यमा लेन्स उपलब्ध गराउने, तिलगंगाको क्षमता वृद्धिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
कृषि प्रविधि अध्ययन, इलम स्ट्रबेरीखेती
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
मुस्ताङको घरपझोङ सडकमा कमसल कालोपत्रे
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न ताकेता