विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई

मोरङ । ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि ललितपुरे क्बल थ्री स्टारले जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार सकिएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका लागि खेमराज श्रेष्ठले खेलको ५ औँ मिनेटमा गोल गर्दै टोलिलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको थ्रि स्टारले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ६३ औँ मिेनटमा दीपेश घलेले गोल गर्दै टोलिको जित सुनिश्चित गरे ।

थ्री स्टारका खेमराज श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भए । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकी फाइनलको ‘म्यान अफ म्याच’ घाषित भएको । उनले ११ हजार रुपैयाँ पाए । प्रतियोगितको विजेता टोली थ्री स्टारले नगद रु ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले रु पाँच लाख प्राप्त गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार