सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ८ अर्बमाथि

काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २७३६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ अंकले बढेर ४५९ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ ।

परिसूचक सँगै आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ७९ हजार २३६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजार बढे पनि एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार