च्याम्पियन्स लिग फुटबल : पीएसजी, मिलान, बार्सिलोना र बार्यन क्वाटरफाइनलमा पुग्दा लिभरपुल बाहिरीयो

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी), इन्टर मिलान, बार्यन म्युनिख र बार्सिलोना क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतियोगिताको अन्तिम–१६ अन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा पीएसजीले लिभरपुललाई पेनाल्टीमा ४–१ ले हराएर क्वाटरफाइनलमा पुगेको हो । समग्रमा १–१ को बराबरी भएसँगै खेलको निर्णय पेनाल्टीबाट निकालिएको हो ।

प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरीयो । यस्तै गएरातिको अर्को खेलमा बार्यन म्युनिखले लेभेरकुसेनलाई २–० ले हराउँदै समग्रमा ५–० को अग्रताका साथ क्वाटरफाइनलमा पुग्यो ।

त्यस्तै इन्टर मिलानले फिएनोर्डलाई २–१ गोल अन्तरले पराजित ग¥यो । समग्रमा ४–१ को अग्रता बनाउँदै इन्टर मिलान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । गएरातिको अर्को खेलमा बार्सिलोनाले बेन्फिकालाई ३–१ गोलले हराएको छ । समग्रमा ४–१ को अग्रता बनाएको बार्सिलोना पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार