पर्वतीय सङ्ग्रहालय प्रवर्द्धनको प्रयास

गण्डकी । पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा सङ्ग्रहालयलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा समेट्नुपर्नेमा वृहत्त कुराकानी भएको थियो ।

पोखरा सिटी टुर गाइड एशोसियशनमा आबद्ध प्रथप्रदर्शकहरु सहभागी कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय सङ्ग्रहालय पोखराको आकर्षक मानवनिर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले पर्वतीय सङ्ग्रहालयको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाए । पोखरा सिटी टुर गाइड एशोसिएशनका अध्यक्ष आनन्द गुरुङले सङ्ग्रहालयका पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

सङ्ग्रहालय समिति सदस्य शेषकान्त शर्माले पोखरा आउने पर्यटकको रोजाइमा पर्वतीय सङ्ग्रहालय पर्ने गरेको बताए । कार्यक्रममा पोखराको पर्यटन विकास र यस क्षेत्रका सम्पदाबारे प्रस्तुतीकरण राखिएको थियो । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकहरुलाई सङ्ग्रहालयबारे जानकारी दिन र भावी रणनीति बनाउन कार्यक्रम राखिएको बताईन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार