काठमाडौँ, श्यामा शेर्पा किदुक काठमाडौँले बौद्ध धर्म, इतिहास र संस्कृतिसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा बौद्ध धर्म र संस्कृतिका महत्वपूर्ण शिक्षाहरूसम्बन्धी पुस्तक विमोचन गरिने छ।
धर्म गुरु खेन्पो ङवाङ होसेर लामा ज्युबाट लिखित पुस्तक “शेर्पाहरुको इतिहास र सस्कृति” नामक पुस्तकको विमोचन हुने सोनाम याङ्गजी शेर्पाले जानकारी दिए। उहाँले विगतमा पनि शेर्पा भाषाको संरक्षण र जगेर्ना गर्नका निम्ति थुप्रै पुस्तक तथा लेखरचना प्रकाशन गर्नुभएको छ । यस विशेष कार्यक्रममार्फत बौद्ध धर्म, यसको ऐतिहासिक महत्व र शिक्षालाई अझ व्यापक बनाउने उद्देश्य राखिएको छ। कार्यक्रममा धार्मिक विद्वान, सांस्कृतिक विज्ञ तथा समुदायका नेताहरूको उपस्थिति रहनेछ।
कार्यक्रम चैत २ गते (शनिबार) काठमाडौँको गोकार्णेश्वरस्थित शेर्पा पार्टी प्यालेस, चामुण्डा गेट रोडमा दिउँसो २:०० बजे आयोजना हुनेछ।