सिन्धुपाल्चोक शेर्पा समाजको लोसार नयाँ भवनमा भव्य सम्पन्न

गोकर्णेश्वर, काठमाडौँ – नव वर्ष २१५२ औं सिङ् मो डुल लो (ग्याल्पो लोसार) को अवसरमा सिन्धुपाल्चोक शेर्पा समाज सेवा द्वारा आयोजित सांस्कृतिक को लोसार नयाँ भवन भव्य सम्पन्न कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यसपालिको सिन्धुपाल्चोक शेर्पा समाजको लोसार नयाँ भवन, गोकर्णेश्वर नगरपालिका–६, सुन्दरटोलमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल थिए भने कार्यक्रमको अध्यक्षता बहादुर शेर्पाले गरेका थिए।
हरेक वर्ष सिन्धुपाल्चोक शेर्पा समाजले ग्याल्पो लोसारको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको धुमधाम आयोजना गर्दै आइरहेको छ। यसपालीको लोसार २१५२ औं सिङ् मो डुल लो वर्षको रूपमा मनाइएको हो। यस अवसरमा, सिन्धुपाल्चोक शेर्पा समाज सेवाले परम्परागत नृत्य, गीत, पूजापाठ र सांस्कृतिक कार्यक्रमहरूको आयोजनामा मनायो, जसले नयाँ पुस्तालाई आफ्नै संस्कृतिको महत्त्व बुझाउन समेत मद्दत मिलेको छ।
कार्यक्रममा धर्मगुरु दोर्जे लोपोन डा. ताशी छिरिङ शेर्पा, गोकर्णेश्वर नगरपालिकाका उपरमुख, वार्ड अध्यक्ष, सिन्धुपाल्चोक शेर्पा समाजका प्रमुख सल्लाहकार ल्हाक्पा ठिलेन शेर्पा, संस्थाका कार्य समितिहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू तथा सिन्धुपाल्चोक बासी शेर्पा समुदाय र अन्य आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्दै, संस्थाका महासचिव नुर्पु शेर्पाले नयाँ भवनमा स्वागत गरे। यसै क्रममा बनिएको संस्थाको भवन पुरा हुन अझै सहयोगको आवश्यकता रहेकोले केहि समयको लागि संस्थाको संरक्षक र सदस्य बन्न शुल्क बढ्ने निर्णय हुने भएकोले हाल छुटको अफर रहेको र यो मौकाको फाइदा उठाउन सबैलाई आह्वान समेत गरे।

प्रमुख अतिथि मेयर दीपक कुमार रिसालले गोकर्णेश्वर भित्रका सबै धर्मालम्बीलाई समान र सम्मानपूर्वक हेरिरहेको बताए। उनले भने, “हरेक जातजातीको आफ्नै पहिचान छ, त्यो पहिचानलाई जोगाउन पर्छ। यस्ता कार्यक्रमहरू, भेषभुसा, खानपान, बाजागाजा, नृत्य आदिले नै संस्कृति जोगिन्छ, र यसरी हाम्रो सन्ततिलाई यसका बारेमा सिकाउन सक्छौं।” उनले हाल निर्माण भइरहेको भवनको केही सहयोग गरेका छन् र आगामी बजेटमा पनि सहयोग गर्ने वचन दिए।

कार्यक्रमका अध्यक्ष बहादुर शेर्पाले सबैलाई लोसारको शुभकामना व्यक्त गर्दै भने, “हामीले हाम्रो जरा र परम्परालाई सम्मान गर्दै, नयाँ पुस्तालाई यो महत्त्वपूर्ण पर्वको बारेमा शिक्षित गर्ने प्रयास गरेका छौं।” उनले नव निर्मित भवनको सफलतामा सबैको साथ र लगनको कदर गर्दै खुशी व्यक्त गरे। आर्थिक चुनौतीहरू र स्रोतको कमीले निर्माण कार्यलाई सजिलो नबनेको भए तापनि सबैको साथ र सहयोगले हामी यहाँ भेला हुन सफल भएको बताए। भवनको निर्माण प्रक्रियामा अझै अपूर्णता छ, त्यसैले पूर्ण निर्माणका लागि अझै केही सहकार्य र समर्थनको आवश्यकता रहेको जानकारी समेत गराए।
अन्य वक्ताहरुले पनि आफ्ना शुभकामना मन्तव्यका क्रममा आफूबाट सक्ने साथ सहयोग गर्ने वचनहरु व्यक्त गरे।

सांस्कृतिक लोसार कार्यक्रमको औपचारिक कार्यक्रम पश्चात शेर्पा समुदायका चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो। गायक इन्द्र गुरुङ, लोकगायिका छिरिङ्ग छोटेन शेर्पा, गायिका दासाङमु शेर्पा, गायिका पाल्मु शेर्पा तथा गायक प्रेम लोप्चनले दर्शकलाई मनोरञ्जन प्रदान गरे भने डीजे नोछेनले सांगीतिक प्रस्तुति दिए।

कार्यक्रममा सम्पूर्ण सहयोगी दाताहरुलाई प्रमाणपत्रद्वारा सम्मानित पनि गरिएको थियो। त्यसैगरी, सेब्रु समूहद्वारा प्रस्तुत परम्परागत नृत्यले कार्यक्रमको आकर्षण बढाएको थियो।

कार्यक्रमलाई रमेश शेर्पाले उद्घोषन गरे।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार