काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएको छ । आफ्नो घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएको खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायो हो ।
लिभरपुलका मोहम्मद सलाहले २ र डार्विन नुनेजले १ गोल गरे । साउथ्याम्पटनका विल स्मलबोनले १ गोल फर्काए । यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अंकको अग्रता बनाएको छ । लिभरपुलले २९ खेलमा ७० अंक जोड्दा आर्सनलको २७ खेलमा ५४ अंक छ ।
यस्तै ईपीएल अन्तर्गत गएराति भएका अरू खेलमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई, क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिलाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १÷१ गोलको बरावरी खेलेका छन् ।