आजको मौसम : चारवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

राति देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार