सेयर बजार परिसूचक २ अंकले घट्दा कारोबार रकम १० अर्ब १० करोड

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि २ दशमलव ७० अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१८ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ०३ अंकले बढेर ४७० दशमलव ६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य घटेको छ भने ४ उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचक सामान्य घटेको दिन सेयर बजारमा १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको कारोबार भएको छ । आज ३१० कम्पनीका १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर ९३ हजार ८९५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सकिृट लागेर कारोबार भएको छ ।

३ कम्पनीमा सकारात्मक सर्किट

बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार बन्द हुँदा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५२ रुपैयाँले बढेर १ हजार ६७२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै भूगोल इनर्जीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ६७ रुपैयाँ ६० पैसाले बढेर ७४३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ४२० रुपैयाँले बढेर ४ हजार ६३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशतले बढी हो । आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल र महालक्ष्मी विकास बैंक रहेका छन् ।

राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य आज ९.९१ प्रतिशत अर्थात् ६३ रुपैयाँले बढेर ६९९ रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको सेयर मूल्य ३१ रुपैयाँ २० पैसाले बढेर ४२९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.८४ प्रतिशतले धेरै हो ।

एउटा कम्पनीमा नकारात्मक सर्किट

सेयर बजार घटेको दिन बिहीबार एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आजको १३२ कम्पनीको सेयर मूल्य घटेको दिन नविल डिबेन्चर २०८२ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आज १२४ रुपैयाँ ८० पैसाले घटेर १ हजार १२३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै घट्ने कम्पनीहरुमा गुराँस लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), गरिमा समृद्धि योजना र प्राइम डिबेन्चर २०८८ रहेका छन् । आज गुराँस लघु वित्तको सेयर मूल्य २५३ रुपैयाँ ३० पैसाले घटेर ३ हजार ८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.६० प्रतिशतले कम हो ।

त्यस्तै आज आइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्य ६.३५ प्रतिशत अर्थात् ८० रुपैयाँले घटेर १ हजार १८० रुपैयाँ पुगेको छ । आज गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ०.५१ रुपैयाँले घटेर ९ रुपैयाँ ३५ पैसा पुगेको छ ।

यो अघिल्लो दिनको भन्दा ५.१७ प्रतिशतले कम हो । बिहीबार प्राइम कमर्सियल डिबेन्चरको सेयर मूल्य ५२ रुपैयाँ ४० पैसाले घटेर १ हजार ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार