ढोरपाटनका किसानलाई अनुदानमा हातेट्याक्टर

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ। नगरपालिकाका नौवटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए। विभिन्न वडाका १९ जना किसानलाई हातेट्याक्टर वितरण गरेको उनको भनाइ छ ।

किसान र नगरपालिकाको गरी कूल ९ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताउनुभयो । प्रतिहाते ट्याक्टरको मूल्य ५२ हजार रुपैयाँ परेकोमा किसानले २६ हजार रुपैयाँ तिरेका थिए । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषि र पशुपालन पेसामा आबद्ध रहेको हुँदा उनीहरुलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको बताए। पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार