सानिमा रिलायन्सको साढे १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन (चैत १४ गते) भित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार