काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज शुल्कमा छुट दिने निर्णय गरेको हो ।
कम्पनीले गत माघ मसान्तसम्म बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज फागुन १९ गतेदेखि आगामी चैत १९ गतेसम्म रिन्यू गर्दा छुट दिने भएको हो ।
कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि २ वर्षदेखि ५ वर्षभन्दा कममा २५ प्रतिशत र ५ वर्षदेखि माथिको भएमा ५० प्रतिशत ब्याज छुट दिने बताएको छ । साथै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र एक पटक छुट सुविधा लिइसकेकाहरूलाई पुनः छुट सुविधा नमिल्ने स्पष्ट पारेको छ ।
