कालिकोटमा भेडा पाल्दै नेकपा महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले कर्णाली प्रदेशमा भेँडापालन शुरु गरेका छन् । उनले कालिकोटको चिसापानीमा भेडा फार्मको उद्घाटन गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय देशभरका विभिन्न स्थानामा कृषि उत्पादनको गतिविधि गरिरहेको छ । नेकपाले देशभर आफ्नो नाममा रहेको २८ बिघा जमिनमा खेती गर्दै आएको छ । थप १२८ बिघा जमिन लिजमा लिएर नेकपाले कृषि उत्पादनको कार्य गरिरहेको छ । देशभर ७१ वटा उत्पादन युनिट बनाएर नेकपाले उत्पादन गरिरहेको छ भने विप्लव आफैँ पनि कृषि कर्ममा लागेका छन् ।

नेकपाले देशका विभिन्न जिल्लामा ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ । विप्लव नेतृत्वको नेकपा २०७७ फागुनमा सरकारसँग सम्झौता गरी खुला राजनीतिमा आएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार