सेयर बजारमा २ प्रतिशत बढीको वृद्धि, कारोबार पनि ३ अर्बले बढ्यो

काठमाडौैं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । सेयर कारोबार हुने साताको पहिलो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७५ दशमलव २४ अंकले बढेको हो ।

आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक २८९० दशमलव २८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा २.६७ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशत अर्थात् १४ दशमलव ४७ अंकले बढेर ४८४ दशमलव ३० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । परिसूचक सँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । गत बिहीबार ११ अर्ब भन्दा केही बढीको कारोबार भएको बजारमा आज १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १ लाख ३९ हजार ५९६ पटक खरिद बिक्री हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

५ कम्पनीमा सकारात्मक सर्किट

आइतबार सेयर बजार उच्च अंकले बन्द हुँदा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सेयर बजारमा १९६ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा हिमालयन डिस्टिलरीको सेयर मूल्य १२० रुपैयाँ ९० पैसाले बढेर १ हजार ३२९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । आज १० प्रतिशत सेयर मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १०३ रुपैयाँ ८० पैसाले बढेर १ हजार १४२ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै नेपाल लाइफको सेयर मूल्य आज ७६ रुपैयाँ ५० पैसाले बढेर ८४१ रुपैयाँ ५० पैसा पुगेको  छ । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत आर्थात् ११५ रुपैयाँ ४० पैसाले बढेर १ हजार २७० रुपैयाँ ३० पैसा पुगेको छ । आइतबार दोर्दी खोला जलविद्युतको सेयर मूलइ पनि ३८ रुपैयाँ ४० पैसाले बढेर ४२२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पनि एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो । आज सेयर बजारमा ४४ कम्पनीको सेयर मूल्य घटेको दिन समाज लघुवित्तको सेयर मूल्य ३५३ रुपैयाँ ९० पैसाले घटेर ३ हजार १८५ रुपैयाँ १० पैसा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो ।

आज धेरै सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीहरुमा समाज लघुवित्त सहित अपर हेवाखोला हाइड्रोपावर, कुमारी सबल योजना, भूगोल इनर्जी र नेपाल हाइड्रो डेभलपर रहेका छन् । आज अपर हेवाखोलाको सेयर मूल्य ५४ रुपैयाँ ३० पैसाले घटेर ९३९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.४७ प्रतिशतले कम हो ।

त्यस्तै आज कुमारी सबल योजनाको सेयर मूल्य ०.३९ रुपैयाँले घटेर ९ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.०४ प्रतिशतले कम हो । आज भूगोल इनर्जीको सेयर मूल्य पनि ३.४२ प्रतिशत अर्थात् २७ रुपैयाँले घटेर ७६३ रुपैयाँ पुगेको छ । आइतबार नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ३३ रुपैयाँ ६० पैसाले घटेर ९६४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.३७ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार