काठमाडौं । रियल म्याड्रिड लस लिगामा शनिवार स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको छ । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे ।
खेलको १० औं रियलले अग्रता लियो । रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे । ९ वर्ष रियलमा बिताएका बेटिसका कप्तान समेत रहेका इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलिलाई जित दिलाए ।
यो सिजन ला लिगामा कार्लो एन्सेलोटीको टोलीले चौथो पटक पराजय भोगेको छ । समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ । बेटिस ३८ अंकसहित छैटौंमा छ ।