भूकम्प अपडेट : कैदीको हात भाँचियो, भोटेकोशीमा पहिरो खस्यो

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार