इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावर सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएको छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार