सेयर बजार ३ अंकले बढ्यो, कारोबार रकम ११ अर्बमा सीमित

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेर बन्द भएको हो ।

सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५८ दशमलव ७५ विन्दुमा पुगेको छ । कारोबार खुल्नेबित्तिकै देखि उच्च अंकले बढेको बजार कारोबार बन्द हुने समयमा भने केही घटेर अन्तिम समयमा हरियो भएर बन्द भएको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकले बढेर ४५९ दशमलव २५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको सेयर मूल्य घटेको छ ।

परिसूचक सामान्य बढेको दिन आज कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज ३१० कम्पनीका २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर १ लाख ३ हजार २६२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आजको सेयर कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार