काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले जित निकालेको छ । गए राति भएको खेलमा रियलले जिरोनालाई पराजित गरेको हो ।
सान्टियागो बर्नाबेउ आइतबार राति सम्पन्न खेलमा रियलले जिरोनालाई २–० ले पराजित गरेको हो । यो जितसँगै रियलले २६ खेलबाट ५४ अंक पु¥याएको छ । शीर्ष स्थानको बार्सिलोनाको पनि समान अंक छ । गोल अन्तरमा रियल दोस्रो स्थानमा रहेको छ ।
रियलको जितमा लुका मोड्रिच र भिनिसियस जुनियरले एक एक गोल गरे । अनुभवी मिडफिल्डर लुका मोड्रिचले खेलको ४१औं मिनेटमा गोल गरे । ८३औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल गरे ।