दार्चुलामा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८.३०४ मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ ।

दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा शनिबार आयोजनाको शिलान्यास गरिएको हो ।

जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए । शेरीबाट ८ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार