टेलिटकद्वारा नेपालमा एचएमडी क्रेट ५ जी स्मार्टफोन सार्वजनिक

काठमाडौं। टेलिटक प्रालिले आइतबार आफ्नो नयाँ एचएमडी क्रेट ५ जी स्मार्टफोन सार्वजनिक गरेको छ। स्पष्ट तथ्य तथा तुरुन्तै सेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न मिल्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त यो स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्दछ।

प्रयोगकर्ताको अद्वितीय विशेषतालाई प्रतिनिधित्व गर्ने, प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरुका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाई जस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको छ।

यसबाहेक, आफैंले खिच्ने पोट्र्रेट फोटोलाई अति आकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोसन मोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ। एक्शन शटहरुका लागि यसमा भएको फ्ल्याश सटले चलायमान वस्तुहरुको फोटो सहज रूपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यको मनमोहक फोटोग्राफीका लागि सघाउँछन्।

मुख्य विशेषताः

इमेज क्रियटर/फोटो सर्जकहरुका लागि: हरेक क्षणलाई आकर्षक डिटेलसहित कैद गर्ने निश्चिन्तताका लागि एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टी ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको छ। चम्किलो डिस्प्लेः यसमा ६ं६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले प्रयोग भएको छ। जसले प्रयोगकर्तालाई आफैं सहभागी भए झैं गरी मनोरञ्जन तथा सामाजिक सञ्जालको अनुभव प्रदान गर्दछ।

लामो समय टिक्ने ब्याट्री पावरः डिभाइसको निरन्तर र अविच्छिन्न प्रयोगको सुनिश्चितताका लागि यसमा ८०० चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको ५ हजार एमएएच ब्याट्री समावेश गरिएको छ।

पर्याप्त स्टोरेज र मेमोरीः एप्लिकेसन, फोटो तथा मिडिया भण्डारणका लागि पर्याप्त स्थान प्रदान गर्न १२८ जीबीको स्टोरेज तथा ६जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी र्याम उपलब्ध छ।

शक्तिशाली कार्यसम्पादनः बाधारहित प्रदर्शन तथा प्रभावकारिताका लागि ५ लाख १० हजार अन्टुटु स्कोरसहितको युनिसोक टी७६० फाइभजी नामको ६एनएममा निर्मित अक्टाकोर प्रोसेसर समावेश छ।

साथै, एचएमडी क्रेस्टमा रिपेयरेबिलिटी १.० राखिएको छ जसका कारण प्रयोगकर्ताले ब्याक प्यानल, ब्याट्री, डिस्प्ले तथा चार्जिङ पोर्ट आफैंले सजिलै परिवर्तन गर्न सक्छन्। यो विशेषताले डिभाइसको जीवनकाल लम्ब्याउन तथा ई-वेस्ट अर्थात् इलेक्ट्रोनिक फोहोर घटाउन उल्लेख्य मद्दत गर्दछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार