नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार रकम साढे ११ अर्बमाथि

काठमाडौं । आइतबार सेयर बजार परिसूचक बढेर बन्द भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार परिसूचक ११ दशमलव ६६ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५५ दशमलव ४० विन्दुमा पुगेको छ। आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सटिभ इन्डेक्स पनि ० दशमलव ६६ अंकले बढेर ४५८ दशमलव ६४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ उपसूचकको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि आज सुधार देखिएको छ । आज सेयर बजारमा साढे ११ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२८ कम्पनीका २ करोड २१ लाख ६ हजार ५ कित्ता सेयर १ लाख ८ हजार ९१३ पटक खरिद बिक्री हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार