काठमाडौं । नेपाल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकले साधारणसभाको मिति घोषणा गरेको हो ।
बैंकको ६५औं वार्षिक साधारणसभा आउदो चैत ६ गते बुधबार काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
साधारणसभा प्रयोजनार्थ बैंकले यही फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।