संखुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

संखुवासभा । जिल्ला कारागार खाँदबारीका दुई कैदीबन्दीमा क्षयरोग (टिबी)को सङ्क्रमण भेटिएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थय शिविर सञ्चालन गरिएको छ ।

कारागारका कैदीबन्दीमा क्षयरोग (टिबी) को सङ्क्रमण भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले पुष्टि गरिन् । राउतका अनुसार क्षयरोग (टिबी) को सङ्क्रमण फैलन नदिन सुरक्षा सतर्कता अपनाइएको छ । कारागारमा रहेका अन्य कैदीबन्दीमा सङ्क्रमण फैलन नदिन जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा आज ८१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको अहेव राउतले बताइन् ।

दुई जनाको सम्पर्कमा रहेका अन्य कैदीबन्दीमा समेत क्षयरोग (टिबी) को सङ्क्रमणको लक्षण देखापर्न थालेपछि एउटा ब्लकभित्रका ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ । आज स्वास्थ्य परीक्षण गरिएका कैदीबन्दीको रिपोर्ट आउन केही दिन लाग्ने अहेव राउतले बताइन् । क्षयरोग सङ्क्रमण देखिएका बिरामीले नियमित औषधी सेवन गरिरहेका छन् । जिल्ला कारागार खाँदबारीमा ५५ जना क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । जिल्ला कारागारमा १३१ पुरुष, नौ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेको जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार