सेयर बजार ११ अंकले बढ्दा कारोबार रकम १० अर्ब ४३ करोड

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ११ दशमलव ९१ अंकले बढेर बन्द भएको हो ।

सेयर बजार लगातार तेस्रो दिन पनि बढेर बन्द भएको हो । बजार अघिल्ला दुई दिन पनि उच्च अंकले बढेको थियो । आजको कारोबार बन्द हुँदा परिसूचक २७३९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर हरेको छ ।

त्यस्तै मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले बढेर ४५९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि सुधार भएको छ ।
अघिल्लो दिन १० अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

दुई लघुवित्त सहित चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये ८७ कम्पनीको सेयर मूल्य बढेको दिन दुई लघुवित्त सहित ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबारको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य ३२७ रुपैयाँ ३० पैसाले बढेर ३ हजार ६०० रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

आज गुराँस लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २८८ रुपैयाँ १० पैसाले बढेर ३ हजार १६९ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै इमर्जिङ नेपालको सेयर मूल्य पनि १२२ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३५१ रुपैयाँ ९० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले नै बढी हो । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ५८ रुपैयाँ ६० पैसाले बढेर ६४४ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि ८० रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.३४ प्रतिशतले धेरै हो ।

सप्तकोशी डेभलपमेन्ट बैंक र केडिबिएल डिबेन्चरमा नकारात्मक सर्किट

मंगलबारको सेयर कारोबार बन्द हुँदा समग्रमा नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबारमा समेत सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको दिन २ कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र केडिबिएल डिबेन्चर २०८६ मा नकारात्मक सर्किट लागेको हो । यी स्टकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज सप्तकोशीको सेयर मूल्य १२६ रुपैयाँ ८० पैसाले घटेर १ हजार १४१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै केडिबिएल डिबेन्चरको सेयर मूल्य १२० रुपैयाँ ४० पैसाले घटेर १ हजार ८३ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनहरुमा भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल बालाजु रहेका छन् । आज भूगोल इनर्जिको सेयर मूल्य ८५ रुपैयाँले घटेर ८६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.९५ प्रतिशतले कम हो । त्यस्तै मंगलबार एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँ २० पैसाले घटेर ७८८ रुपैया पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९९ प्रतिशतले धेरै हो । आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पनि ५.८४ प्रतिशत अर्थात् १ हजार २२ रुपैयाँले घटेर १६ हजार ४६४ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार