काठमाडौं । मुक्कुम्लुङमा भइरहेको अतिक्रमण धार्मिक, सांस्कृतिक रूपमा याक्थुङलाई दास बनाउने तर्फ केन्द्रित छ आरोप लगाइएको छ । योङ इन्डिजिनिष्ट लिग विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
‘हजारौँ वर्षदेखि आस्थाको केन्द्र मानिँदै आएको मुक्कुम्लुङमा केवलकार निर्माण गर्ने योजना विकासको नाममा केही निजी व्यापारीलाई आदिवासी आस्थाका केन्द्रहरू दोहन गर्न अनुमति दिनु औपनिवेशिक कार्य भएको बताइएको छ । नेपाल सरकारले ILO १६९ र UNDRIP मा हस्ताक्षर गरिसकेको छ । जसको प्रत्यक्ष अर्थ सरकार स्वदेशी राष्ट्रहरूको स्वशासन र आत्मनिर्णयलाई उच्च सम्मान गर्छ । तर, यसको उल्टो मुक्कुम्लुङमा भइरहेको अतिक्रमण धार्मिक, सांस्कृतिक रूपमा लिम्बु(याक्थुङ)लाई उपनिवेश बनाउने, दास बनाउने तर्फ केन्द्रित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै स्वदेशी जनतासँग पूर्वजानकारीसहितको सहमति नलिई जबरजस्ती परियोजना अघि बढाइनु औपनिवेशिक विस्तारवादको प्रमाण रहेको आरोप पनि लगाइएको छ ।
‘उपनिवेश हामीलाई किन्चित स्वीकार्य छैन । अहिले मुक्कुमलुंगमा आफ्नो आस्थाको धरोहर बचाउन मुन्धुम प्रति आस्थावानहरु जीवन मरणको सवाल बनाएका छन्, अन्य स्वदेशी राष्ट्रहरुले ऐक्यबद्धता जनाएर आन्दोलित भएका छन् । आस्थावानहरु लगायत बिभिन्न राजनीतिक दल संघर्षको अगुवाई गरिरहेको छ । यसैक्रममा फागुन ८ गते हजारौं जनता सहित नेतृत्वहरु ‘मुक्कुमलुंग बचाउँ पद यात्रा’ को निम्ति यात्रारत रहनुहुने भएको हुदाँ योङ इन्डिजिनिष्ट लिग स्पोट रक्षार्थ खटिने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ । व्यापारीहरूले सरकारी सुरक्षा दस्ताको दुरुपयोग गर्दै भाडाका गुण्डामा परिणत गराई स्वदेशी अधिकारवादीहरूलाई आक्रमण गरी घाइते बनाउने तथा धरपकड गर्ने कार्य पूर्णरूपमा अस्वीकार्य रहेको पनि अरोप लगाइएको छ । राज्यसत्ताधारी सभ्रान्तहरूले सुरक्षाकर्मी तथा भाडाका गुण्डाहरू प्रयोग गरेर स्वदेशी जनतालाई उनीहरूको भूमि, भूक्षेत्र तथा स्रोतहरूबाट विस्थापित गर्न खोज्छन् भने, योङ इन्डिजिनिष्ट लिग सशक्त प्रतिकार गर्न पूर्ण रूपमा तयार पनि बताइएको छ ।
विज्ञप्तिमा नेपाली सुरक्षाकर्मीहरू यदि केवल उपनिवेशवादलाई जोगाउन मात्र खटाइने हुन् भने, हामी हाम्रो जनताको सुरक्षा आफैँ गर्न सक्षम छौँ । यस्तो जबर्जस्ती कार्यका कारण उत्पन्न हुने जुनसुकै परिणामको सम्पूर्ण जिम्मेवारी सरकार आफैँले लिनुपर्नेछ ।
