काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५४ अंकले बढेर ४५३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये २ वटा उपसूचको सेयर मूल्य घटेको छ भने ११ वटा उपसूचको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ९२ करोड माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९६ हजार २८२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उएटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
६ कम्पनीमा सकारात्मक सर्किट
आइतबार सेयर बजार साढे १९ अंकले बढेर कारोबार बन्द हुँदा आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य २७० रुपैयाँ ५० पैसाले बढेर २ हजार ९७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेको हो । आज गुराँस लघुवित्तको सेयर मूल्य २३८ रुपैयाँ १० पैसाले बढेर २ हजार ६ सय १९ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै आज नेपाल फाइनान्सको सेयर मूल्य पनि ७३ रुपैयाँ ६० पैसाले बढेर ८०९ रुपैयाँ ८० पैसा पुगेको छ । आइतबार जानकी फाइनान्सको सेयर मूल्य ५२ रुपैयाँ ५० पैसाले बढेर ५७७ रुपैयाँ ५० पैसा पुगेको छ । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ४८ रुपैयाँ ४० पैसाले बढेर ५३३ रुपैयाँ पुगको छ । आज पोखरा फाइनान्सको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले धेरै हो ।
न्यादी हाइड्रोमा नकारात्मक सर्किट
काठमाडौं । आइतबार सेयर बजार बढ्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ७८ रुपैयाँ १० पैसाले घटेर ७०३ रुपैयाँ १० पैसा पुगेको छ । यो १० प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा धेरै मूल्य घटेका शीर्ष पाँच कम्पनीमा एनएलजी इन्स्योरेन्स, एनआइविएल स्टेबल फण्ड, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैैंक रहेका छन् । आज एनएलजि इन्स्योरेन्सको सेयर मूल्य १०५ रुपैयाँले घटेर ९९५ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.५५ प्रतिशतले कम हो ।
आज एनआइविएल स्टेबल फण्डको सेयर मूल्य ७.४८ प्रतिशत अर्थात् ०.६६ रुपैयाँले घटेर ८ रुपैयाँ १६ पैसा पुगेको छ । त्यस्तै बाराही हाइड्रोपावरको सेयर मूल्य पनि आज ८८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ११० रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ७.४८ प्रतिशतले कम हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.८० प्रतिशत अर्थात् १२५ रुपैयाँले घटेर २ हजार ३१ रपैयाँ पुगेको छ ।