साताको सुन : तोलामा २ हजार बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य फेरि बढ्न थालेको छ । यो साता पनि गत साताको जस्तै सुनचाँदीको मूल्य बढेको हो ।

यो साता नेपाली बजारमा सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो । साताको पहिलो दिन, सुन तोलामा १ लाख ६८ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । त्यसपछि, सोमबार र मंगलबार लगातार बढेर १ लाख ७० हजार २०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुुनको मूल्यमा भारी गिरावट देखियो । त्यस दिन सुन प्रतितोला १ लाख ६७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुन सस्तिएर तोलाको १ लाख ६९ हजार ८०० रूपैयाँमा कारोबार भयो । यसरी, सुनको मुल्य उतार चढावसँगै साताको पछिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार २०० रूपैयाँ पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य साताको पहिलो दिनको तुलनामा २ हजार रूपैयाँ बढी हो ।

यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि १० रुपैयाँले महंगिएको छ । आइतबार चाँदी तोलाको १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ९७५ रूपैयाँ पुग्यो । त्यसपछि भने चाँदी निरन्तर घटेर बुधबार प्रतितोला १ हजार ९३० रूपैयाँमा झर्याे । बिहीबार चाँदी प्रतितोला १ हजार ९६५ रूपौयँमा किनबेच भएको थियो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ९७० रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा १० रूपैयाँले बढेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार