सातामा २१ अंकले घट्यो सेयर बजार, कुन उपसमूहको परिसूचकमा कति घटबढ ? 

काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६९९ दशमलव ८१ विन्दुमा बन्द बन्द भएको नेप्से परिसूचक यो साता ०.७९ प्रतिशत अर्थात २१ दशमलव ३४ अंक घटेर २६७८ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।

यो साताको ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो । यस साताको मंगलबार र बुधबार नेप्से बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स पनि ४ शदशमलव ५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १५ अंक घटेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १० अर्ब ३९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषत कारोबार ७ अर्ब ८५ करोडमा सीमित भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.४७ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या २६.८२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.८७ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.७३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३२ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।

यो साता १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशत बढेको छ । गत साता २७२२ दशमलव ३९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७३ दशमलव २८ अंक बढेर २७९५ दशमलव ६७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो । यस साता वित्त र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत घटेको छ । गत साता ७१६२ दशमलव ८९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९१ दशमलव ४० अंक घटेर ६९७१ दशमलव ४९ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २५२ दशमलव ०८ अंक घटेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार