द ग्राण्ड शेर्पा लोसार साझ २०८१ फागुन २८ गते

काठमाडौं । द ग्राण्ड शेर्पा लोसार सांझ २०८१ फागनु २८ गते आयोजना हुने भएको छ । शेर्पा समुदायको महान चाड तथा राष्ट्रिय पर्व २१५२ औँ शिङ मो डुल लो ग्याल्पो लोसार नयाँ वर्षको अवसरमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो ।

कार्यक्रम राष्ट्रिय सभागृहमा हुने आयोजकले जनाएको छ । नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

अध्यक्ष छिरिङ शेर्पाका अनुसार कार्यक्रममा शेर्पा प्रतिविम्व प्रकाशन, पिएचडी सम्मान, शेर्पा उद्यमशीलता प्रवर्द्धन, NeSSA Award : उत्कृष्ट विद्यार्थी तथा व्यक्तित्व सम्मान, शेर्पा विद्यार्थीहरुको प्रतिभा प्रदर्शनी, Sherpa Cultural Exhibition, Sherpa Traditional Food Festival र Diverse Sherpa Cultural Show समेत सम्पन्न हुने बताएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार