प्रथम योल्मो खेन्पोको प्रमुख आतिथ्यमा पाँचपोखरीमा लोसार विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । मन्जु श्री संवत २८६१ औँ डल्ल (सर्प) लो तथा २१५२ औँ सिङ म्हो डुल लो सोनाम लोसार कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रको आयोजना गरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महास.घ जिल्ला समन्वय परिष्द सिन्धुपाल्चोकको आयोजनामा तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको सहयोगमा वृहत्त सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा विश्व बौद्ध महासंघका अध्यक्ष प्रथम योल्मो खेन्पो डा. ल्हारक्याल लामा प्रमुख अतिथि रहेका थिए । उनले आफू संविधानको निर्माता समेत भएकलो संविधानले दिएको ३ तहको सरकार मध्ये स्थानीय सरकारको सहयोगमा लोसार कार्यक्रम हुन गर्वको विषय भएको बताए । उनले लोसारलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सक्नु पर्ने धारणा व्यक्त गरे । डा. लामाले लोसारको अवसरमा आगामी वर्षदेखि कम्तीमा ३ दिन बिदा दिनु पर्ने पनि बताए ।

लोसारका बारेमा चर्चा गर्दै उपाध्यक्ष डा. लामाले अबको युगमा प्रकृति र बैज्ञानिक युगसँग लड्न आवश्यक रहेको बताए । ‘हाम्रो संस्कार हामीले जोगाउनु पर्ने हो । धेरै संघर्ष गरेर म यो स्थानमा आइपुगेको हु । म सक्षम भएकाले नै यो स्थानमा आउन सफल भएको हु,’ उनले भने । उनले जातलाई गालि गरेर आफ्नो अधिकार प्राप्त नहुने धारणा राखे ।

उनले संविधानले सबै जातिको प्रतिनिधित्व गरेको बताउँदै संविधामा भएका व्यवस्थाका बारेमा बुझ्न र सक्षम बन्न पनि आग्रह गरे । सक्षम भएर आफ्नो अधिकार खोज्नु पर्ने उनको भनाइ थियो । उनले अब संविधान संसोधन गर्ने हो भने जनसंख्याको आधारमा मात्रै संशोधन गर्नु पर्ने पनि बताए । अधिकार र पहिचानको कुरा गर्दा आफ्ना छोराछोरीलाई पढाउन र संविधानमा भएका व्यवस्था बुझन् पनि उनले सुझाब दिए । त्यस्तै पाँचपोखरी जस्तो सुन्दर, पवित्र भूमि अन्त कतै नभएको पनि उनको भनाइ थियो । ‘देशमै बसेर मेहनत गरेर प्रगति गर्नु पर्छ । दुई चार पैसाको लोभमा विदेश जानु हुँदैन्,’ उनले भने ।

उक्त कार्यक्रमा गाउँपालिकाका अध्यक्ष टासी लामाले आदिवासी जनजातिको माग र अधिकारलाई स्थापित गरेरै छाड्नु पर्ने बताए । उनले एकमन र एकताका साथ आफ्नो अधिकार स्थापित गर्नका लागि आन्दोलनलाई निरन्तर्ता दिनु पर्ने पनि बताए । धर्मनिरपेक्ष, लोकतन्त्र लगायत आफूहरुको माग पुरा भएको भन्दै विभेद अन्त्यका लागि भने आफूहरुको आन्दोलन सधैँ रहिरहने उनको भनाई थियो । उनले पाँचपोखरीको विकासका लागि सहयोग गर्न समेत उनले प्रथम योल्मो खेन्पो एवम्  उपाध्यक्ष डा. लामालाई आग्रह पनि गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार