सेयर बजार सामान्य अंकले घट्याे, कारोबार रकम ७ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक ७ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७ दशमलव २६ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६७८ दशमलव ४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको थियो । आजको सेयर बजार बन्द हुँदा सेयर ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५२ अंकले घटेर ४४९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० उपसूचको परिसूचक घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।

परिसूचक एकल अंकले घटेको दिन सेयर बजारमा ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ८ अर्बभन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३०२ कम्पनीका १ करोड ५८ लाख ७५ हजार १५२कित्ता सेयर ७८ हजार ८३५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बिहीबार सेयर बजार ७ अंकले घट्दा ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजार बन्द हुँदा मातृभूमि लघुवित्त, कुमारी सफल योजना, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा मातृभूमि लघुवित्तको सेयर मूल्यमा १२८ रुपैयाँले बढेर १ हजार ४०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज कुमारी सफल योजनाको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ०.८८ रुपैयाँले बढेर ९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ४४ रुपैयाँले बढेर ४८४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । पोखरा फाइनान्सको सेयर मूल्य पनि आज ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो ।

आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा बाराही हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य ७६ रुपैयाँले बढेर १ हजार १९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.७७ प्रतिशतले धेरै हो ।

न्यादी हाइड्रोमा नकारात्मक सर्किट

बिहीबार सेयर बजार एकल अंकले घटेर बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा १६२ कम्पनीको सेयर मूल्य घट्दा यो कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज यो कम्पनीको सेयर मूल्य ८६ रुपैयाँ ८० पैसाले घटेर ७८२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतको गिरावट हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, रिभर फल्स पावर लिमिटेड, एनएलजि इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज सामुदायिक लघुवित्तको सेयर मूल्य ११९ रुपैयाँले घटेर २ हजार ३०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले धेरै हो । त्यस्तै रिभर फल्सको सेयर मूल्य पनि ३७ रुपैयाँले घटेर ८६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा एनएलजि इन्स्योरेन्सको सेयर मूल्य ३.५१ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ पुगेको छ । रसुवागढी हाइड्रोपावरको सेयर मूल्य पनि आज १५ रुपैयाँले घटेर ४३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३७ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार