‘रारा रिसोर्ट’को औपचारिक शिलन्यास

काठमाडौं । कर्णालीकै पहिलो लक्जरियस रिसोर्ट ‘रारा रिसोर्ट’को औपचारिक रुपमा शिलन्यास भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एक्स्पर्ट ग्रुप र रारा होल्डिङले वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीबाट औपचारिक रुपमा शिलन्यास गराएको हो ।

एक्स्पर्ट होल्डिङ्सका सीईओ सन्जिव शर्माले छ्यत्रमा आवद्ध भएको नाताले एक्स्पर्ट ग्रुपले लगानी प्रतिफलमात्र नभै विश्वभर मुलुकको पर्यटन प्रवर्धन सङ्गै कर्णाली क्षेत्रकै आर्थिक गतिविधी विस्तार गर्ने मुख्य उद्धेश्य हो । हाल वार्षिक ५० हजार गैरहेको रारामा वार्षिक ४ लाख पर्यटक भित्र्याउने उद्धेश्य रहेको इनले जानकारी दिए ।

नेपालका लागि अष्ट्रेलियन राजदुत लिआन जोन्स्टोनले रारा रिसोर्टमा गरिएको वैदेशिक लगानी कोसेढुङ्गा बन्न गएको बताइन् । यो लगानी प्रतिफलले नेपालको पर्यटन छ्यत्र प्रवर्धन सङ्गै स्थानिय रोजगारमा पनि टेवा पुर्याउने जानकारी दिइन । एक्स्पर्ट ग्रुप र रारा होल्डिङ विछ ७ महिना अगाडि आयोजित लगानी सम्मेलनमा सम्झौता भएको थियो । दुई वर्षभित्र निर्माण पूरा गरेर संचालनमा ल्याउने योजनासहित निर्माण सुरु गर्न लागिएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार