काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ६ अंकले बढेर कारोबार भएको बजार आज भने १ दशमलव ८६ अंकले बढेर बन्द भएको हो ।
आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १ दशमलव ८६ अंकले बढेर २६८५ दशमलव ७३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले बढेर ४५० दशमलव ४० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन आज कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो दिन ७ अर्बभन्दा केही बढीको कारोबार भएको बजारमा आज ८ अर्बभन्दा माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८२ हजार ८५० पटक खरिद बिक्री हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
आज सेयर बजारमा सामान्य अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको दिन आज गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा यो साताको चारै दिन सकारात्मक सर्किट लागेको हो । आजको यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेर ४४० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर, न्यादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक छन् ।
आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूय ६७ रुपैयाँले बढेर ९०२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०२ प्रतिशतले धेरै हो । त्यस्तै आज न्यादी हाइड्रोको सेयर मूल्य ७.५९ प्रतिशत अर्थात् ६१ रुपैयाँ २० पैसाले बढेर ८६८ रुपैयाँ पुगेको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १११ रुपैयाँ ७० पैसाले बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४६ प्रतिशतले धेरै हो । आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ७.०८ प्रतिशत अर्थात् ७५ रुपैयाँले बढेर १ हजार १३४ रुपैयाँ पुगेको छ ।
दुई कम्पनीमा नकारात्मक सर्किट
बुधबार सेयर बजार सामान्य अंकले बढ्दा पनि दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आज उपकार लघुवित्तको सेयर मूल्य ५२० रुपैयाँले घटेर ४ हजार ६८० रुपैयाँ पुगेको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १२४ रुपैयाँ १० पैसाले घटेर १ हजार ११७ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रसुवागढी हाइड्रोपावर कम्पनी, एनएबी ५० र सनराइज फोकस्ड इक्वीटी फण्ड रहेका छन् । आज रसुवागढीको सेयर मूल्य ४२ रुपैयाँ ३० पैसाले घटेर ४४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.६८ प्रतिशतले कम हो । त्यस्तै आज एनएमबी ५० को सेयर मूल्य ७.९७ प्रतिशत अर्थात् ०.९० रुपैयाँले घटेर १० रुपैयाँ ३९ पैसा पुगेको छ । त्यस्तै सनराइज इक्वीटी फण्डको सेयर मूल्य ०.६९ रुपैयाँले घटेर ९ रुपैयाँ १२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.०३ प्रतिशतले कम हो ।