हिमालयन एभरेष्टको बीमा कोष आकार ४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नाफा ४१.५६ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा नाफा घटेको हो ।

कम्पनीले चालु आर्थिक वर्षका ६ महिनाको अवधिमा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको बीमा कोष १८.०३ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ३ अर्ब ९५ करोड रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ८२ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष सञ्चिति ७ करोड ७९ लाख रुपैयाँ रहेको छ । पुस समान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४.८३ रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार