छ महिनामा सन नेपाल लाइफले कमायो २८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले २८ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो ।

यो गत आवको सोही अवधिको भन्दा १४.०५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा कोषमा ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । गत बर्षको सोही अवधीमा यस्तो कोषको आधार ६ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।

समीक्षा अवधीमा कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको छ । भने ७२ करोड ७२ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । दोस्रो त्रैमासिक अवधीसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १४.२५ रुपैयाँ, रहेको छ भने नेटवर्थ १६६.१२ रुपैयाँ, पिई अनुपात ४२.२५ र प्रति शेयर कूल सम्पत्तिको मूल्य ४०६.१७ रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार