काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ४३.५५ प्रतिशतले नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचांकहरुमा गिरावट देखिएको हो ।
राष्ट्रिय जीवन बीमा कम्पनीको मुनाफा ४३.५५ प्रतिशतले घटेर ८० लाख ६५ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले गत आवको सोही अवधिमा १ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ९.६७ प्रतिशतले घटेर पाँच अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, लगानी तथा ब्याज आम्दानी लगायतका सूचांकहरु गत आवको तुलनामा घट्न पुगेका छन् ।