काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक साढे ६ अंकले बढेर बन्द भएको छ । अघिल्ला दुई दिनमा घटेको परिसूचक आज ६ दशमलव ५४ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६८३ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ५० अंकले घटेर ४५० दशमलव १५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी ८ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्से परिसूचक बढेको दिन सेयर बजारमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्सेमा २९९ कम्पनीका १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर ७२ हजार ९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बरारबको कारोबार भएको हो । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
४ कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार परिसूचक सामान्य बढेको दिन चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेका छ । आज सिलेक्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपवार र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिलेक्स हाइड्रोको सेयर मूल्य १२३ रुपैयाँ ५० पैसाले बढेर १ हजार ३५८ रुपैयाँ ५० पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज भगवती हाइड्रोपावर सेयर मूल्य पनि आज १० प्रतिशत अर्थात् १ हजार १८७ रुपैयाँ पुगेको छ । त्यस्तै रसुवागडी हाइड्रोपावरको सेयर मूल्य आज ४४ रुपैयाँ ३० पैसाले बढेर ४८७ रुपैयाँ ३० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
आज गार्डियन माइक्रो लाइफको सयर मूल्य ३६ रुपैयाँ ४० पैसाले बढेर ४०० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । आज धेरै बढ्ने पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९९ रुपैयाँ ७० पैसाले बढेर १ हजार २६९ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.५२ प्रतिशतले बढी हो ।
भूगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट
मंगलबार सेयर बजार बढ्दा पनि एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागको हो ।
आज यो कम्पनीको सेयर मूल्य ९४ रुपैयाँ ३० पैसाले घटेर ८४९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, सिटिजन्स सुपर ३० म्युच्युअल फण्ड, नेपाल बैंक डिबेन्चर २०८७ र ग्लोबल आइएमई लघुवित्त रहेको छ । आज उपकार लघुवित्तको सेयर मूल्य ४७० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२९ प्रतिशतले कम हो ।
आज सिटिजन्स सुपर ३० को सेयर मूल्य ०.२७ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.९१ प्रतिशतले कम हो । त्यस्तै आज नेपाल बैंक डिबेन्चरको सेयर मूल्य पनि २.८४ प्रतिशत अर्थात् ३० रुपैयाँले घटेर १ हजार २५ रुपैयाँ पुगेको छ । त्यस्तै आज ग्लोबल आइएमई लघुवित्रको सेयर मूल्य पनि २.७७ प्रतिशत अर्थात् ३६ रुपैयाँ ३० पैसाले घटेर १ हजार २९७ रुपैयाँ १० पैसा पुगेको छ ।