काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५६.५५ प्रतिशतले बढेको हो ।
यो अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि गत आवको दोस्रो त्रैमासिकको तुलनामा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी गत आवमा ५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै खुद बीमाशुल्क आम्दानी चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ अर्ब १७ करोड पुगेको छ । गत आवमा यस्तो आम्दानी ३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्ममा ९ रुपैयाँ ४१ पैसा रहेका कम्पनीको प्रतिसेयर आम्दानी चालु आवाको सोही अवधिमा १४ रुपैयाँ ७२ पैसा पुगेको छ ।
चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमाकोषको आधार ४४ अर्ब ६८ करोड पुगेको छ । गत आवमा यस्तो कोषको आधार ३९ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ ।