काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४० रुपैयाँ २७ पैसा पुगेको छ । अघिल्लो दिन डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको थियो ।
यसैगरी आज युरो एकको खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा रहेको थियो । केन्द्रीय बैंकले आज बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा रहेको थियो । त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५४ रुपैयाँ २० पैसा निर्धारण गरेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्री दर ३१ रुपैयाँ ३८ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८ रुपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५४ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।