नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।

साधारणसभा कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद (कर समत) लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार