दोस्रो डिभिजनको रेलिगेसनमा रहेको टोलिसँग पराजित हुँदै एफए कपबाट बाहिरियो लिभरपुल

काठमाडौं । लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १–० पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।

प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक बन्यो । प्लाइमाउथ दोस्रो डिभिजको पनि रेलिगेसन क्षेत्रमा रहेको छ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा पकड बनाएरपनि गोल गर्न सकेन । टोलीले आफ्नो पहिलो रोजाइका केहि खेलाडी मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकलाई आराम दिएको थियो ।

लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो । अन्य खेलमा एस्टन भिल्लाले टोटनहामलाई २–१ ले, वुल्भ्सले ब्ल्याकबर्नलाई २–१ ले हराएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार